राष्ट्रिय दैनिक / नवलपरासी , ४ असाेज
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा गरिव तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

सुस्ता गाउँपालिकाकाे समन्वय र एबिसी नेपालद्वारा संचालित “ALUMNI परियोजना अन्तर्गत गरिव जेहेनदार ४१ जना विद्यार्थीहरुलाई ( साधारण तथा प्राविधिक) एक कार्यक्रम बिच छात्रवृत्ति वितरण गरिएको हाे।

सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्याय , उपाध्यक्ष गिता चाैधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले छात्रवृत्तिका लागि छनाैट भएको विद्यार्थीहरुलाई नगद राशि प्रदान गर्नुभएको हाे।

पालिका अध्यक्ष उपाध्यायले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन छात्रवृत्ति बापतकाे रकम सहयोग पुग्ने बताउनुभयाे । ‘शिक्षालाई रोजगारसँग जोड्न प्राविधिक शिक्षा अध्ययन गरिरहेका विपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको बताउदै यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सकिने जिकिर गर्नुभएको थियोे ।

त्यस्तै उपाध्यक्ष गिता चाैधरीले छात्र वृत्ति कार्यक्रम जीवित राख्न र शिक्षाको पहुँच सबैमा पुर्याउन पालिकाले राम्रो प्रयास गरेकोले आगामी दिनमा समेत यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो। उहाले विद्यार्थीको सिकाइ प्रक्रियामा कुनै कीसिमको नकारात्मक प्रभाव नपरोश भन्नका लागि अभिभावकलाइ पनि आर्थिक सहजता होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।

त्यस्तो प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले शिक्षा जस्तो संबेदनशील बिषयमा पालिका र एबिसिले ल्याएको यो कार्य अत्यन्त उत्कृस्ट रहेकोले यसअभियानमा जुट्न सबैलाइ आग्रह गर्नुभएको थियो । उहाले पालिकाको शिक्षाको लागि के गर्नुपर्छ त्यो गर्न पछि नपर्ने बताउदै हेर्दा यो सानो रकम देखिएपनि पठनपाठनका लागि यो ठुलो कार्य रहेको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

