Rashtriya Dainik

बागि उम्मेदवार बद्रीआलमकाे क्रियाकलापप्रति नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको आपत्ति

राष्ट्रिय दैनिक / नवलपरासी , ४ असाेज

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघका पुर्व उपसभापति बद्री आलमकाे गतिविधिप्रति नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश तथा काङ्ग्रेस क्षेत्रिय कार्य समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर २ सभापति माधव पाण्डेयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल मुस्लिम संघका कार्यबाहक अध्यक्ष भनि रामग्राम-२ निवासी बद्री आलमले नेपाल मुस्लिम संघको दोस्राे जिल्ला अधिवेसनको हार्दिक निमन्त्रणा भनि आफ्नो फेसबुकमा निकालेकाे सुचना प्रति नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश र क्षेत्रीय कार्यसमितिकाे ध्यानाकर्षण भएको बताउनु भएको छ ।

बद्री आलम २०७४ सालको स्थानिय निर्वाचनमा बागि उम्मेदवार रही पार्टी विधान बमोजिम काम गरेको हुनाले उनको स्वतः पार्टीको सदस्यता नरहेको भन्दै सामाजिक सञ्जालमार्फत संगठन बिखण्डन क्रियाकलाप खेदजनक रहेको नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश सभापति जाकिर हुसेनले बताउनुभएको छ।

आलम बागि उम्मेदवार रहेकै कारण उनको सबै पद विधानतः मुक्त हुने ब्यवस्था रहेको र पटक-पटक विधान उल्लङ्घन गरि आफुलाई नेपाल मुस्लिम संघको कार्यवाहक सभापति भन्नु नेपाली कांग्रेसलाई नै चुनौति दिएको ठहर भएको नेपाली काङ्ग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर २ सभापति माधव पाण्डेयले बताउनुभएको छ।

बागि उम्मेदवारकाे नेतृत्वमा नेपाल मुस्लिम संघ भेलाका लागि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले स्थान उपलब्ध गराएकोमा क्षेत्रिय कार्यसमिति आपत्ति प्रकट गरेको छ।

नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष करिम खान नेपाल तरुणदलको केन्द्रिय सदस्य भएपश्चात उनको पद विधान तह स्वतः रिक्त भएको छ । उपाध्यक्ष बद्री आलम २०७४ सालमै बागी उम्मेदवार रहदा विगत ५ वर्ष अगाडी नै उपसभापति पद रिक्त रहेको परिस्थितिमा नेपाल मुस्लिम संघको केन्द्रिय अधिवेशनलाई मध्यनजर गर्दै केन्द्रबाट मिति २०८० भाद्र ८ गते अखतर हुसेन खालाई जिल्ला संयोजक तोकी पठाएको थियो ।

अखतर हुसेन खालाई जिल्ला संयोजक तोकी पठाएको पत्रकाे अधारमा २०८० भाद्र १९ गते नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश कार्यसमिति सभापति जाकीर हुसेनको उपस्थितिमा दोस्रो जिल्ला अधिवेशन भएको हाे।

नेपाल मुस्लिम संघकाे दोस्रो जिल्ला अधिवेशन भएपनि बद्री आलमले पुनह भेला गराउन लाग्नुमा जिल्लाका केही नेतृत्वहरूको उक्साहट हो भन्ने क्षेत्रीय समितिको बुझाई रहेको सभापति पाण्डेले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

यस किसिमको कार्य गर्नु, कार्यमा सहयोग पूऱ्याउनु पार्टी हीत बिपरित र विधान उल्लंघन गरि अनुशासन हीन कार्य गर्नु ठहरिन्छ । त्यसर्थ यस किसिमको कार्यमा नलाग्न नेपाली काङ्ग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर २ सभापति माधव पाण्डेयले सबैलाई आग्रह गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित