काठमाण्डाै – आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ ।
यसवर्ष ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा तय गरिएको छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।
नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

