काभ्रेपलाञ्चोक- जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भवनवाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुरमा बिदा दिएको हो ।
‘बिगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

