Rashtriya Dainik

अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा प्रस्तावित शिक्षा बिद्येयक बिरुद्ध मसाल जुलुस

नवलपरासी – अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीको आयोजनामा बुधवार साँझ बर्दघाटमा मसाल जुलुस निकालिएको छ ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटको शान्तिनगरचोकबाट नाराबाजी सहित मसाल जुलुस प्रर्दशन गरेको हो ।
शैक्षिक दलालहरु होसियार ! शिक्षा बिद्येयक खारेज गर ! दलाल संसदीय ब्यवस्था मुर्दावाद !! लगायत शैक्षिक ब्यापारीकरण एंव नीजिकरणमा बिरुद्ध चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुस चिसापानीको हाटबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले प्रस्तावित शिक्षा बिद्येयक पश्चगामी रहेको उल्लेख गर्नुभयो ।
उहाँले बिद्येयक खारेज गरेर सार्वजनिक शिक्षालाई निशुल्क, सर्बसुलभ एंव अनिवार्य बनाउने खालको बिद्येयक ल्याउन आवश्यक रहेको चर्चा गर्नुभयो ।
फरक प्रसंगमा संयोजक सापकोटाले सामुदायिक बिद्यालयलाई ध्वस्त पार्नमा लागि बर्दघाट नगरमा पनि चलखेल रहेको चर्चा गर्दै त्यस्ता हर्कतहरुका बिरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन छेड्दै आएको स्मरण गराउनुभयो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालयका सदस्य सुवास शर्मा, कार्यालय सदस्य तरुण श्रीस, जिल्ला सदस्य आनन्द ढकाललगायत उल्लेख्य मात्रामा बिद्यार्थीहरु सहभागी थिए । मसाल जुलुसलाई प्रहरीले निभाउने प्रयत्न गरेको थियो । यस अघि मंगलवार क्रान्तिकारीले बिद्येयक जलाएर बिरोध प्रर्दशन गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित