उमेश बि.क / नवलपरासी , ३ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न रचनात्मक काम गरेको छ।
गाउँपालिकाले भैरहवास्थित बाल सुधार गृहलाई खाद्यान्न सहयोग गरेको छ ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा , बाल कल्याण अधिकारी खेम खनाल लगाएतकाे टाेलिले बाल सुधार गृह पुगि अनुगमन गर्दै २ कार्टुन खाने तेल , १ कुन्टल चना , ४५ क्यारेट अण्डा लगाएतकाे सामाग्री हस्तान्तरण गर्नुभएको हाे।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले विभिन्न कसुरमा रहेको बालकहरु अब आफ्नो गल्ती सुधार गरि असल नागरिक बन्नुपर्ने सुझाव दिनुभएको थियो । यश कलिलो उमेरमा केही गर्नुपर्ने केही बन्नुपर्ने अवस्था यश सुधार गृहमा रहेता पनि यहिबाट गल्ती सुधार गरि समाज , परिवार र आफ्नाेलागी केहि बन्ने साेच सहित छुटकारा पाउने कुरा उल्लेख गर्नुभएको थियो । सुधार गृह भनेको जिवनका कमि कम्जोरी सुधार्ने पाठशाला भएकोले यहाँ आत्मियता काएम गर्दै बस्न सुझाव समेत दिनुभएको थियो । आफुहरु नवलपरासीको सरावल गाउँपालिकाबाट आएकाे जानकारी गराउदै पालिकाबाट हुने विशेष सहयोग साथ दिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हाे।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले यश बाल सुधार गृहमा आएर फरक अनुभुती भएको कुरा उल्लेख गर्नुभएको थियो । बालकहरु विभिन्न कसुरमा सजाय पाएता पनि अबबाट आफ्नो गल्ती सुधार गर्न तर्फ लाग्न अनुरोध गर्दै पालिकाबाट दिवा खाजाकाे लागि सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियोे ।

बाल सुधार गृह रुपन्देहीकाे कार्यालय प्रमुख कल्पना अर्यालले नवलपरासीबाट पहिलो पालिका सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । २०७५ भदौ ५ गते भैरहवामा बाल सुधार गृह स्थापना भएको हाे । हाल साे सुधार गृहमा ८३ जना बालक रहेका छन।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

