Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा एकल विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

उमेश बि.क / नवलपरासी , ३ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले संविधान दिवस २०८० काे उपलक्ष्यमा एकल विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संविधान दिवस २०८० काे अवसरमा सरावल वडा नम्बर ४ गाेबरहीयामा रहेको जनकल्याण प्रतिष्ठान एकल अभियानका ९० जना विद्यार्थीहरुलाई झाेला , कपि , पेन्सिल लगाएतकाे शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हाे।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले यश तर्फ सरावल गाउँपालिका लागि परेको बताउनुभयो । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा बिषेश ध्यान दिन अभिभावक र शिक्षकलाई आग्रह गर्नुभयो । यश आधुनिक युगमा आफ्नो धर्म रितिवाज संस्कृति र संस्कार बिर्सिरहेकाे समयमा यश विद्यालयले धार्मिक पठनपाठन मार्फत हिन्दुत्व स्थापित गर्न ठुलो सहयोग गरेको बताउनुभयो ।शिक्षा क्षेत्रमा पालिकाले विशेष प्राथमिकता दिइएको बताउदै विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै पालिमा उपाध्यक्ष बासमति हरिजनले विपन्न समुदायका जेहन्दार बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले झोलासंगै शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।विद्यालयमा पढाईको गुणस्तर सुधार गर्न र एकल अभियान तर्फको आकर्षण बढाउन झोला र शैक्षिक सामाग्री वितरण गरिएको बताउदै यश शिक्षाले विद्यार्थीलाई धार्मिक र हिन्दुत्व प्रदान गरेको चर्चा गर्नुभएको थियो । एउटै शिक्षकले ३ घण्टा सम्म विद्यार्थीहरुलाइ पठनपाठन गराउने भएकोले एकल विद्यालय भनिएको बताउनु भएको थियो ।


कार्यक्रममा सरावल ३ वडा अध्यक्ष फिरंगी चाैधरी , कार्यपालिका सदस्य निवास ठाकुर , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा संयाेजक खेम खनाल , पत्रकार उमेश बि.क लगाएतले संविधान दिवसकाे चर्चा गर्दै पालिकाले गरेको महत्त्वपूर्ण कामकाे खुलेर प्रशंसा गरेका थिए ।

शैक्षिक सामाग्री पाएपछि बिद्यार्थीहरु पढाईमा प्रोत्साहन मिल्ने भन्दै खुशी ब्यक्त गरेका थिए ।

सरावल ३ वडा सदस्य केशव चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन लेखा सहायक नरेश काेहारले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित