Rashtriya Dainik

ट्राफिक कार्यालय नवलपरासीले सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमलाई थप निरन्तरता दिदै

आरपी उपध्याय /नवलपरासी ३ असोज

जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न ठाउँहरुमा जनचेतनामूलक कार्यक्रमलाई थप निरन्तरता दिदै आएको छ।
जिल्ला ट्राफिक कार्यालयले जिल्ला अन्तर्गत पुर्व पश्चिम राजमार्ग,हुलाकी सडक र भित्री सडक खण्डहरुमा सवारी चालक र यात्रु वर्गहरुलाई सडकमै रोकि सचेतनामुलक संदेश, ट्राफिक संकेत बुझ्ने र पालन गर्नुपर्ने कार्य गरिएको जिल्ला ट्राफिक प्रमुख ट्राफिक निरीक्षक राजु खत्रीले जानकारी दिनुभएको छ।
जिल्ला ट्राफिक कार्यालय र मातहतका ट्राफिक युनिटहरुले बर्दघाट,सुनवलको बत्रौली चोक,पाल्हिनन्दनको महेशपुर, रामग्रामको सेतो पुल,प्रतापपुर ९ को प्रतापपुर चोकमा सवारी चालक तथा पैदल यात्रीहरुलाई सुरक्षित रुपमा सडक प्रयोग गर्ने सम्बन्धि जनचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला ट्राफिक कार्यालयले बताएको छ।
जिल्ला अन्तर्गत ट्राफिक प्रहरीले मङ्गलबार सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रममा सयको सङ्ख्याका सवारी चालक र पैदल यात्रुहरु लाभान्वित भएको बताइएको छ।
जिल्लाको विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सचेतना र जनचेतनामूलक कार्यक्रम गरिरहदा प्रतापपुरको सुर्यपुरा र गुठी प्रसौनी, सुस्ताको कुडिया र रतनगन्ज लगायत आसपासका ईलाकाहरुमा पनि जनचेतनामूलक तथा ट्राफिक सचेतना कार्यक्रम गरिनुपर्ने माग पनि स्थानीय स्तरबाट उठ्ने गरेको पाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित