Rashtriya Dainik

मुगुको यार्सागुम्बाले पायो हालसम्मकै बढी मूल्य

सिमकोेट – कमाइको राम्रो स्रोत रहेकोे गुगु जिल्लाको यार्सा गुम्बाले हालसम्मकै बढी मूल्य पाएको छ। यसको बजार राम्रो भएको कारण स्थानीयसँग ब्यापारीले बढी मूल्यमा यार्सा खरिद गरेका हुन्।

मुगुम कार्मारोङ गाउँपालिको पाटन क्षेत्रमा स्थानीयले टिपेको यार्सा ब्यापारीले संकलन गरी प्रतिकेजी २८ लाख रुपैयाँमा बिक्री हुने गरेको छ।

ब्यापारीले स्थानीयबाट प्रतिगोटा ६ सयदेखि एक हजार दुई सयमा खरिद गरी जिल्लाबाहिर लगेर प्रतिकेजी २८ लाखमा बेच्न थालेका छन्।
कार्मारोङ गाउँपालिकाको पाटनमा ब्यापारीले खरिद गरेको यार्सा प्रतिकेजी २८ लाखमा बिक्री भएको संकलक जनक लामाले बताए।

सानो आकारको यार्सा प्रतिकेजी २१ लाख र ठूलो खाले यार्सा प्रतिकेजी २८ लाखमा बिक्री भएको उनले बताए। मुगुमा ब्यापारीले संकलन गरेको यार्सा काठमाडौं लगेर तिब्बती ब्यापारीलाई बिक्री गरिन्छ। ब्यापारीले स्थानीय संकलकबाट प्रतिकेजी यार्सा १८ लाखसम्म किन्ने गरेका छन्। जिल्लाबाहिर लगेपछि भने एक्काइसदेखि २८ लाखमा प्रतिकेजीमा बिक्री गर्ने गरेका छन्।

मुगुको उत्तरी नाक्चेनाङला नाका नखोल्दा संकलन गरिएको यार्सा काठमाडौंतर्फ निकासी गर्न थालिएको छ। विगत वर्षमा ब्यापारीले मुगु नाक्चेनाङला नाकाबाटै अवैध रुपमा यार्सा तिब्बत पुर् याएर बेच्ने गर्थे तर हाल नाका नखुल्दा यहाँको यार्सा नेपालगञ्ज र काठमाडौं निर्यात गरिन्छ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत पाटन क्षेत्रमा स्थानीयले संकलन गर्ने यार्सा यस वर्ष बढी मूल्यमा खरिद बिक्री भएको छ।

मुगुम कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न जाने स्थानीयबाट प्रवेश शुल्कबापत ४५ लाख राजश्व संकलन गरेको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए। जेठ सुरु भएपछि पालिकाले स्थानीयलाई यार्सा टिप्ने अनुमति दिएको थियो। उनीहरू एक महिनासम्म पाटनमै यार्सा टिपेर घर फर्किने गर्छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित