नवलपरासी – संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको भन्दै जलाइएको छ ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पाटी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटको मुख्यचोकमा बिद्येयक जलाएको हो ।
मंगलवार क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा संघीय शिक्षा बिद्येयक–२०८० जलाएर बिरोध प्रर्दशन गरिएको थियो ।

सो कोणसभामा बोल्दै केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले संघीय शिक्षा बिद्येयक–२०८० मा शिक्षामा झन् बिभेद गर्ने प्राबधानहरु रहेको उल्लेख गर्नुभयो । उहाँले प्रस्तावित बिद्येयक पश्चगामी तथा जनविरोधी रहेकोले यसलाई खारेजी गरेर सार्वजनिक शिक्षालाई निशुल्क, सर्बसुलभ एंव अनिवार्य बनाउने खालको बिद्येयक आवश्यक रहेको चर्चा गर्नुभयो ।
फरक प्रसंगमा संयोजक सापकोटाले सामुदायिक बिद्यालयलाई ध्वस्त पार्नमा लागि बर्दघाट नगरमा पनि चलखेल रहेको चर्चा गर्दै त्यस्ता हर्कतहरुका बिरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन छेड्दै आएको स्मरण गराउनुभयो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालयका सदस्य सुवास शर्मा, जिल्ला कार्यालय सदस्य प्रदीप तिवारी जिल्ला सदस्य आनन्द ढकाललगायतले प्रर्दशनमा सहभागी हुनुभएको थियो ।
मौसम प्रतिकुलताका बीचमा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पाटीका जिल्ला संयोजक रवि पाण्डेय, सहसंयोजक गणेश बहादुर ढकाल , बर्दघाट नगर संयोजक ज्ञानबहादुर के.सीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अगाडि बर्दघाट चोकमा प्रहरी परिचालन गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

