आरपी उपध्याय /
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको सत्यवती आमा समुहको पाँचौ वार्षिकोत्सब समारोह एक कार्यक्रम का बिच गण्डक ब्यारेज पुलमा सम्पन्न भएको छ।
सत्यवती आमा समुहकी अध्यक्ष सावित्री गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सदस्य आर.पि. उपाध्यायले गण्डक ब्यारेज आसपासका क्षेत्रलाई सफा र सुन्दर बनाउन सकिए नेपाल भारतका ठुलो सङ्ख्याका पर्यटक नेपाल भित्रिने र होटल व्यवसायहरुको आयश्रोतमा वृद्धि हुने धारणा राख्दै सामाजिक विकृतिलाई हटाउन सत्यवती आमा समूह अझ बढी कृयाशिल हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा विनयी त्रिवेणी ७ का वडा सदस्य प्रकाश गुरुङले सबैको सहयोगबाट नै ब्यारेज पुल क्षेत्रलाई सुन्दर,शान्त बनाउन सकिने कुरामाथी जोड दिनुभयो।
कार्यक्रममा समाजसेवी बलराम के.सी. लगायतले आमा समुहको वार्षिकोत्सबबाट नयाँ प्रेरणाको विकास भएको विचार व्यक्त गर्नुभयो।
२०७५ सालमा रामशाक्षी उपाध्याय, मनमाया श्रेष्ठ, कमला देवी दर्लामी, तारा देवी उपाध्यायको सकृयतामा स्थापना भएको सत्यवती आमा समुहले आउदो समयमा थप जनचेतनामूलक कार्यक्रम अगाडी बढाउने बताइएको थियो।
हरितालिका तिजको अवसरमा परेको आमा समुहको वार्षिकोत्सब समारोहमा केक काटेर वार्षिकोत्सब विधिसम्मत ढङ्गबाट मनाइएको कार्यक्रम सञ्चालक कमल उपाध्यायले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

