कपिलवस्तु : असोज १
नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्।
विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनका का लागि नेपाल शिक्षक महासंघ कपिलवस्तुले पनि प्रेस विज्ञप्ति निकालेको छ ।

यस बाट सिर्जना हुने परिमाणप्रति सरकार नै जिम्मेवार हुने कुरा पनि जानकारी गराउन चाहन्छौं । साथै नेपाली शिक्षक कर्मचारीका न्यायिक माग मुद्दाहरु ऐन मार्फत संबाेधन गराउन सहयोग समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन हुन हामी विद्यार्थी , अभिभावक ,शिक्षाप्रेमिहरु , स्थानीय सरकार , शिक्षा सराेकार समुहहरु , पत्रकार मित्रहरु लगायत आम जनसमुदायहरुमा हार्दिक अपिल गर्नुहाेस् ।
विद्यार्थी वर्गमा पर्ने सिकाइकाे असरलाई विदाका दिनहरुमा व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दैछौं । साथै मिति २०८० असाेज २ गते शिक्षा दिवसका अवसरमा संचालन हुने कुनै पनि कार्यक्रममा शिक्षक कर्मचारीहरुले सहभागीता नजनाउनु हुन समेत अपिल गर्दछौं ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

