Rashtriya Dainik

प्रतिबन्धित लागूऔषध सहित एक युवक र ३जना नाबालिकहरु पक्राउ

वीरगंज ,१ असाेज

पर्सा प्रहरीले ठुलो मात्रामा अवैध लागू औषध ईन्जेक्सन सहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले प्रतिबन्धित लागूऔषध ईन्जेक्सन सहित जितपुरका प्रदीप बोहरा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंजको ईदगाह चौक स्थित खटिएको प्रहरी टोलीले संकास्पदरुपमा पैदल हिडेरहेको क्षेत्रीलाई रोकी हातमा लिएको झोला चेकजाँच गर्दा सेतो टेपले बेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागूऔषध नुर्फिन १४७ एम्पुल,फेनारगन १४७ ऐम्पुल, डाईजेल्याब १४७ एम्पुल गरि
जम्मा ४४१ पिस लागूऔषध सहित पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
प्रतिबन्धित लागूऔषध ईन्जेक्सन सहित पक्राउ परेका क्षेत्रीलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
त्यसैगरि पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट सहित ३ जना नाबालिकहरुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंजको ब्रहम चौकमा खटिएको प्रहरी टोलीले संकास्पद रुपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तिनजना नाबालिकहरुलाई खानतलाश गर्दे हातमा बोकेको झोला भित्र प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ट्याब्लेट १४ पतामा ३४७ पता सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताए।
पक्राउ परेका ३ जना नाबालिकहरु माथि लागूऔषध कसूरमा मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित