आरपी / उपध्याय
पश्चिम नवलपरासी प्रतापपुर ७ गुठी सुर्यपुरा युवा परिवारको आयोजनामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आइतबार एक कार्यक्रमका बिच सुर्यपुरामा प्रारम्भ भएको छ।
प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो।
सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी, गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, प्रतापपुर ७ गुठी सुर्यपुरा स्वास्थ्य केन्द्रका अ.हे.व. राजेश कुमार उपाध्याय लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
“स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिबल टिमको सहभागिता रहेको कार्यक्रम सञ्चालक ब्यास मुनि कुशवाहाले जानकारी दिनुभएको छ।
भलिबल खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गुठी सुर्यपुराका किशोरीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
भलिबल प्रतियोगिता भाद्र ३१ गतेदेखि असोज ४ गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ।
भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,पालिका अन्तर्गतका जनप्रतिनिधि र राजनीति दलका नेताकार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

