नवलपरासी – महुली लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बर्दघाटले आफ्ना सदस्य महिलाहरुका बीच तीज बिशेष दर खाने कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।
संस्थाको शाखा कार्यालय बर्दघाट–६ बिद्युतमा एक कार्यक्रम आयोजना गरेर संस्थाले सदस्यहरुलाई दर खुवाएको हो । कार्यक्रममा लघु बित्त संस्थाले दर खुवाउने जस्ता कार्यक्रम गरेको प्रति सदस्यहरुले निकै आश्चर्य समेत ब्यक्त गरेका थिए ।
तीज बिशेष कार्यक्रममा शाखाका प्रबन्धक गणेश कुमार चौधरीले आफ्नो कार्यक्षेत्र भित्र बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको संस्थाले सदस्य र शाखा बीच भावनात्मक सम्बन्ध थप प्रगाढ बनाउन तीज बिशेष कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा पत्रकार रवि पाण्डेय, संस्थाका कर्मचारी ईन्द्रराज सन्ज्याललगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
सो अवसरमा महिलाहरुले तीजका बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

