राष्ट्रिय दैनिक ,३१ भदौ
महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज, दर खाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व मनाइन्छ। तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन रहेको छ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ।
भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाइ व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन्। साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवति, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

