Rashtriya Dainik

पाल्हीनन्दनमा तीज बिशेष कार्यक्रम सम्पन्न

रंजीत शर्मा/ नवलपरासी,३० भाद्र।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ कार्यालयको आयोजनामा वार्ड भित्रका विभिन्न संघसंस्थाको प्रतिनीधीहरुको सहभागितामा तीज विशेष कार्यक्रम गरिएको हो।

कार्यक्रममा पाल्हीनन्दन वार्ड नं ०२ का अध्यक्ष जगदिश प्रशाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले “पछिल्लो समय यस किसिमका कार्यक्रम न भएको तथा यस कार्यक्रमले आफ्नो मौलिक संस्कृति जोगिने बताएका छन्।” उनले भने” आधुनिकताका नाममा पछिल्लो समय तीजमा विकृति भित्रिएको भन्दै मौलिकता बचाउनुपर्ने धारणा राखेका हुन्। कला संस्कृतिको जगेर्ना गर्न चुनौती बनेको भन्दै उनले महिलाहरूका लागि महान् मानिने यो पर्व तडक–भडक नभइ सौहार्द वातावरणमा मनाउन आग्रह गरे । पश्चिमा संस्कृतिको प्रभाव तीजमा परेको भन्दै उनले पुरानो तीज गीतहरू हराउँदै गएको बताए ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका का कार्यपालिका सदस्य लीलावती हरिजन,छोटेलाल पासवान,वार्ड नं ०२ का वार्ड सदस्य आस्मा खातुन,विश्वनाथ यादव,रामसजीवन गुप्ता,वार्ड सचिव गोविन्द गुप्ता,समाजसेवि ध्रवनारायण साहनी,पत्रकार आदित्य प्रजापति लगायत वार्ड नं ०२ अन्तर्गत पर्ने विद्यालय, स्वास्थ्य संस्था,सहकारी,समाजसेवी वर्गको उपस्थिती रहेको थियो। कार्यक्रममा आयोजक वार्ड कार्यालय भए पनि कार्यक्रमको सम्पुर्ण खर्च वार्ड अध्यक्ष र सदस्यहरू व्यक्तीगत रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित