Rashtriya Dainik

जगरनाथपुरमा जसपाको अगुवा कार्यकर्ता भेला सप्पन्न

वीरगन्ज,३० भदौं

पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै जसपाकी केन्द्रिय सदस्य रेखा साहले जसपाले गरेकै मधेस आन्दोलनका कारण प्राप्त मधेसी कोटाको लाभ कांग्रेस र एमालेले लिइरहेको बताइन् । तर अहिले उनिहरुले मधेसी दललाई गाली गरिरहेको भन्दै उनले यसबारेमा मधेसी जनता सचेत बन्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले मधेसीको हकअधिकारका लागि लड्ने पार्टी जसपा मात्रै भएको दाबी गरे । उनले मधेसी जनताको अधिकारका लागि जसपा कहिल्यैपनि पछाडी नहट्नेपनि बताए ।
भेलाले आगामी शनिबार असोज ६ गते गाउँपालिका स्तरमा बृहत भेला गर्ने निर्णय गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । त्यसको तयारीको लागि जलेखा खातुनको अध्यक्षतामा ७ सदस्यीय तयारी समिती गठन गरिएको उनले बताए । उक्त समितिमा पाठा मियाँ, उपेन्द्र बिन मुखिया, फद महमद मियाँ, चान्द देवान, समसुल हक मियाँ र बबितादेवी रहेका छनन् ।
जसपाकी कार्यकारिणी समिति सदस्य जलेखा खातुनको अध्यक्षतामा भएको भेलामा जसपाका जिल्ला सचिव तबरेज अहमद, क्षेत्रीय सचीव उपेन्द्र बिन मुखिया, युवा नेता सिकेन्द्र यादव, मुन्ना मियाँ लगायतको सहभागीता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित