Rashtriya Dainik

पाल्हीनन्दनका बैंकमा एटीएम न हुँदा जनतालाई सास्ती, बैंक र पसलेलाई मस्ती

राष्ट्रिय दैनिक / नवलपरासी,३० भाद्र।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गत पर्ने बैंकहरुको शाखा कार्यालयमा एटीएम मेसिन न हुँदा जनताले समस्या भोग्दै गरेका छन्।

पाल्हीनन्दनको महेशपुरमा रहेको सिटिजन बैंक र बेलासपुरमा रहेको नेपाल बैंक लिमिटेडमा एटीएम मेसिन न हुँदा जनताले नगद पाउन बैंकमा लाईन बस्नु परेको तथा बिदाको दिन समस्या भएको गुनासो गरेका छन्।

एक सेवाग्राहीले भने “बिदाको दिन कहिले कहिँ नगदको आवश्कता पर्छ तर एटीएम न हुँदा परासी जानु बाध्यता हुन्छ तर कहिले कहीँ नजिकको पसलहरू बाट नगद लिनु पर्दा सेवा शुल्क रु २० देखि ३० रुपैयाँ सम्म लिने गरेको बताएका छन्।

नेपाल बैंक लिमिटेड पाल्हीनन्दन शाखाका सूचना अधिकारी युराज पौडेलका अनुसार इन्टरनेटको समस्याको ले गर्दा एटीएम मेसिन जडान न सकेको बताएका छन्।

तर यी दुवै बैंकले बैंकमा खाता खोलाउने आउने सेवाग्राहीलाई एटीएम कार्ड लिन अनुरोध गरी रहेको कुरा सेवाग्राही हरुले बताउँछन्। यसरी हेर्दा एक तिर एटीएम मेसिन जडान न गर्ने अर्को तर्फ एटीएम कार्ड किन अनुरोध गर्ने कार्यले प्रष्ट हुन्छ कि बैंकले नाफा कमाउने बाटो मात्र बनाउन पाल्हीनन्दन गाउँपालिकामा शाखा कार्यालय खोलेका छन्।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैंजु प्रसाद गुप्ता (दीपक)ले भने “मैले बारम्बार एटीएम मेसिन राख्न अनुराेध गरे पनि बैंकले विभिन्न वाहन गरी हाल सम्म जडान न गरेको बताए ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा रहेको सिटिजन बैंकमा ठूला व्यापारी देखि लिएर सरकारी कार्यालय,विद्यालय, सहकारी संस्था गरी हजारौंको सङ्ख्यामा ग्राहकहरको बैंक खाता संचालनमा रहेको छ। त्यस्तै पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ बेलासपुरमा रहेको नेपाल बैंक लिमिटेडमा पाल्हीनन्दन गाउँपालिकाको सबैको खाता,स्वास्थ्य संस्थाको खाता,विद्यालय,निजी संघसंस्था,उघोग,कर्मचारी खाता लगायत हजारौंको संख्यामा सेवाग्राहीहरुको खाता संचालनमा करौड कै कारोवार गर्दै आएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित