उमेश बि.क / नवलपरासी , ३० भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासाबसहसीमा हरितालिका तिज गित महाेत्सव सम्पन्न भएको छ।

ओम कारेश्वर शिव पंचांग मन्दिर सरावल १ बासाबसहीकाे आयाेजना तथा ओम कारेश्वर आमा समूहकाे सहआयाेजनामा तिज गित महाेत्सव सम्पन्न भएको हाे ।

ओम कारेश्वर शिव पंचांग मन्दिरका अध्यक्ष भिमलाल पाण्डेयकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले यस्ता कार्यक्रमले संस्कृतिको निरन्तरताका लागि सहयोग पुग्ने र आपसी सदभाव कायम राख्न सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमबाट धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पुर्याउने विश्चास गर्नुभयो । तिज विशेष कार्यक्रमले समाजमा भएको विभिन्न बिकृति हटाउदै नयाँ पिडिका लागि सिकाई हुनुकाे साथै पुस्ता हस्तान्तरण भएको बताउनुभयो । यस्ता कला संस्कृतिले सरावल गाउँपालिकामा विभिन्न जाति समुदाय प्रति आत्मियता बढाउनुकाे साथै हातेमालो गर्दै विकास निर्माण काममा सहकार्य गर्न सिकाएको बताउनुभयो । यस्ता कला संस्कृति जगेर्नाकाे लागि पालिकाबाट हमेशा सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हाे।

त्यस्तै पुर्व प्रदेशसभा सदस्य भगवती भण्डारीले महिलाहरू सामाजिक रूपान्तरणका गतिविधिमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । सांस्कृतिक पहिचान र संरक्षण गर्ने उद्देश्यले भएको याे कार्यक्रम अगामी दिनमा निरन्तर्ता पाओस् भनी तिजकाे शुभकामना ब्यक्ति गर्नुभएको थियो ।

कार्यक्रममा सरावल १ का वडा बिष्णु भट्टराई , अध्यक्ष पुर्व सई टंक प्रसाद ढकाल , लक्ष्मी नरायन बचत तथा ऋण सहकारी संस्था देवराज श्रेष्ठ , पत्रकार उमेश कि.क लगाएतले तिजकाे महत्त्वबारे प्रकाश पार्दै तिजकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा तीजको सांस्कृतिक पहिचान झल्कने गरी १६ वटा समुहकाे प्रस्तुति रहेको थियो ।
ओम कारेश्वर शिव पंचांग मन्दिरकाे सचिव देबेन्द्र कुमार शर्मा भट्टराईकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन भिमकला भट्टराई र भिमा भुषाले सन्चालन गर्नुभएको थियो ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

