उमेश बि.क / नवलपरासी , ३० भदौ
५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीको अन्तर्निहित क्षमता प्रष्फुटन गर्ने र बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने विषयमा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

सरावल गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजना एव शिक्षा युवा तथा खेलकुद शाखाकाे समन्वयमा बालबालिकामा लगानी सुनिश्चित भबिस्यकाे थालनी शिर्षकमा अन्तरविद्यालय माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हाे । वक्तृत्वकला प्रतियोगितामा ९ वटा विद्यालयका विद्याहरुले भाग लिएका थिए ।
प्रतियोगितामा सालबास सनराइज इङलिस बोर्डिङ स्कुलकी अपेक्षा थापा प्रथम, महेन्द्र जनता मा.वि गडाैरीकी समिना नेशा द्वितीय, जनता मा.वि मनरीकाे कबिता यादव तृतीय र बसन्त जेनिथ इंग्लिस बाेर्डिङ स्कुल बासाकाे आशिष न्याैपाने सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम ,द्वितीय,तृतीय र सान्त्वनालाई क्रमशः पाँच हजार , चार हजार , तीन हजार र पन्द्र सय सहित प्रमाणपत्र प्रदान गरिएको हाे।
त्यस्तै सरावल गाउँपालिका अन्तरविद्यालय आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बसन्तपुर जेनिथ इंग्लिस बाेर्डिङ स्कूल वासा प्रथम , जनता अधारभुत विद्यालय धनगडवा द्वितीय , जनता मा.वि. मनरी तृतीय र महेन्द्र मा.वि. सरावल सान्त्वना भएको हाे ।
प्रतियोगितामा प्रथम ,द्वितीय,तृतीय र सान्त्वनालाई क्रमशः पाँच हजार , चार हजार , तीन हजार र पन्द्र सय सहित प्रमाणपत्र प्रदान गरिएको हाे। प्रतियोगितामा १६ विद्यालयका ३/३ जनाकाे दरले विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

सरावल बाल सन्जाल अध्यक्ष सम्सुदिन धुनियाकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुनेभन्दै गाउँपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताउनुभयो । बाल अधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा वहाँले जोड दिनुभएको थियो ।
त्यस्तै उपाध्यक्ष बासमति हरिजनले वक्तृत्वकला प्रतियोगिताले बालबालिकामा व्यावहारिक अभ्यास हुने, उनीहरुको सिर्जनात्मक विकास हुने र अधिकारका बारे सचेत हुने मौका पाउने बताउनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

