Rashtriya Dainik

जिल्ला प्रहरी कार्यालयले सय दिने कार्य प्रगति विवरण सञ्चारकर्मी समक्ष सार्वजनिक

नवलपरासी /२९ भदौ

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सय दिने कार्य प्रगति विवरण सञ्चारकर्मी समक्ष सार्वजनिक गरेको छ।
पश्चिम नवलपरासीमा जेष्ठ २४ गते सरुवा भइ आउनु भएका उपरीक्षक काजी कुमार आचार्यले सय दिनमा भएका गतिविधि बारे जानकारी गराउनु भएको हो।
उपरीक्षक आचार्यले १३७ को सङ्ख्यामा मुद्दा दर्ता भएको र महिला पुरुष गरि २८ मानिस पक्राउ गरेको तथा प्रतिवादी नखुलेको ५९ मुद्दा  दर्ता भएको बताउनु भयो।
जिल्लाको दक्षिणी सिमा नाका खुला भएको र खुला सिमानाको फाइदा उठाइ लागू औषध सम्बन्धि कार्य गर्ने ११ ओटा मुद्दा  दर्ता भएको र उक्त मुद्दामा महिला पुरुष गरि १८ व्यक्ति पक्राउ गरिएको जानकारी गराउदै फरार ९५ व्यक्ति पक्राउ गरिएकोमा तिनीहरूबाट २ लाख ९९ हजार जरिवाना असुल गरिएको उपरीक्षक आचार्यद्वारा जारी प्रगति विवरणमा उल्लेख गरिएको छ।
अवैध मालसामान बरामदबाट २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैयाँ प्राप्त भएको र १७ जना व्यक्ति पक्राउ गरिएको तथा ३८ वटा ट्याक्टर, ट्रक१, पिकअप २, ट्राली ३, मोटरसाइकल ३१ र साइकल १ पक्राउ गरिएको पनि उपरीक्षक आचार्यले बताउनु भएको छ।
अवैध नदीजन्य पदार्थ उत्खनन,अवैध वन पैदावर बरामद स्रोत नखुलेको रकम पनि बरामद गरिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गत आत्महत्या न्यूनीकरण,सवारी दुर्घटना न्यूनीकरण,जबर्जस्ती न्यूनीकरण, लागुऔषध न्यूनीकरण,महिला घरेलु हिंसा न्यूनीकरण,दाइजो प्रथा,बाल विवाह, जेष्ठ नागरिक दुर्ववहार न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको पनि प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय परिसरमा भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीद्वारा उठाइएको प्रश्नको जवाफ दिदै उपरीक्षक आचार्यले ट्राफिक नियमलाई कडाइका साथ लागू गरिने, मा.प.से. र ला.प.से. रोकथाम नियन्त्रण गरिने कार्यमा प्रहरी कडाइका साथ प्रस्तुत हुने पनि उपरीक्षक आचार्यले बताउनु भयो।
सिमा क्षेत्रमा अवैध गतिविधि रोकथाम नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासबाट सम्भव नहुने हुँदा सो कार्यको लागि सञ्चार जगत,नागरिक समाज सबैको सहयोग हुनुपर्ने पनि उपरीक्षक आचार्यको प्रतिवेदनमा उल्लेख छ।
सो अवसरमा प्रहरी नायब उपरीक्षक रेशम बोहरा, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित