राजन कुमार बानिया
पर्सा २९ भदाैं
पर्साको धोबीनी गाउँपालिकाको ८अौ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ ।असार १० गतेभित्रै हुनु पर्ने गाँउसभा तिन महिना ढिलो गरि अाज सम्पन्न भएकाे हाे ।
गाँउसभामा चालू आर्थिक वर्ष २०८०/८१ काे नीति, कार्यक्रम तथा गाउँसभाबाट ३६ करोड५ लाख५५हजार बराबरको बजेट प्रस्तुतीकरण गरिएकाे छ।
गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३६ करोड ५ लाख ५५ हजार बराबरको अनुमानित बजेट प्रस्तुतीकरण गरिन् ।धोबिनी गाउँपालिकाको गाउँसभा धोबिनी गाउँपालिकाको सभा हलमा भएको
गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गर्नु भएको थियोे ।
गाउँसभामा बोल्दै गापा अध्यक्ष चौहान ले भने राजनितीक समस्या को कारण गाउँ सभा ढिलाई भएको हो यश कारण बिकास को काम र जनता हरु को कामकाज समस्या भईरहेको ले गाउँ सभा गरिएको हो। अब बिकास लगायत जनता हरु को कामकाज छिटो छरितो हुने प्रतिबद्धता गर्नु भएको हो।
गाउँ सभा कार्यक्रम मा शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,महिला बालबालिका र भौतिक पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा रहेको उनले बताए। संघ समानिकरण अनुदान ८ करोड ४२ लाख,संघ सरकारबाट शसर्त अनुदान १२ करोड ९५ लाख,संघिय राजस्व बाडफाड ६ करोड ४८ लाख ६७ हजार अाठ सय।प्रदेश समानिकरण अनुदान ५९ लाख ११ हजार ।प्रदेश सरकार बाट शसर्त अनुदान ५० लाख। प्रदेश राजस्व बाडफाड४० लाख।प्रदेश सरकार विशेष अनुदान ३० लाख।प्रदेश सरकार सम्पुर्क अनुदान २० लाख।स्थानिय राजस्व बाडफाड २० लाख।गत अाव को बाकी मौजदातअानतरिक राजस्व ६करोड ७६ हजार दुई सय गरि जम्मा ३६करोड ५ लाख ५५ हजार बराबर को अनुमानियत बजेट गाउँसभाबाट प्रस्तुतिकरण गरिएको हो।
धोबीनी गाउँपालिका अध्यक्ष चौहानको अध्यक्ष्ातामा सम्पन्न भएकाे कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि श्याम किशोर कुर्मी , गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन पाँच वटै वडाका वडा अध्यक्ष बन्धु साह तेली,देबेन्द्र पटेल,राजकिसोर कुर्मी, अबास मियाँ चुरिहार,मनाउर मियाँ , गाउँपालिका महिला र पुरुष सदस्यहरु पत्रकार, सुरक्षाकर्मी लगायतकाे सहभागीता रहेको थियो । गाउँसभाको बिरोधमा ६ जना कार्यपालका सदस्य र एक जना महिला सदस्य गरि ७ जना सदस्य रहेको र अाजको गाउँ सभा नरहेको देखिएको हो। ८ अौ गाउँसभामा २९ जना जनप्रतिनिधि मध्य २२ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

