उमेश बि.क / नवलपरासी ,२९ भदौ
गएको स्थानीय निर्वाचनमा पार्टीले गरेको निर्णय विरुद्धमा लागेको भन्दै कांग्रेसको कारवाहीमा परेका ६ जनाको कारवाही फुकुवा भएको छ ।
उनीहरूको सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार जिल्लाका ६ नेताको कारवाही फुकुवा गरेको हो ।
सरावल गाउँपालिका पुर्व अध्यक्ष एवं काङ्ग्रेस जिल्ला सदस्य राधेश्याम चाैधरी , क्षेत्रीय प्रतिनिधि प्रदिप अग्रहरी,क्षेत्रीय प्रतिनिधि छाेटेलाल यादव ,सरावल ४ कार्यसमिति सदस्य दुर्गावती लाेहार ,सरावल ४ सचिव अलिहसन कुजडा र क्रियाशील सदस्य रामप्रित नाउको कारवाही फिर्ता भएको नेपाली काँग्रेस केन्द्रीय अनुशासन समिति संयाेजक आनन्द प्रसाद ढुङ्गानाकाे हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएको छ।
स्थानीय तहको निर्वाचनको क्रममा प्राविधिक त्रुटीस्वरुप भएको र प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीका पक्षमा सकारात्मक भूमिका खेलेकाे भन्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील २०८० भाद्र ११ मा केन्द्रीय अनुशासन समितिमा पुनरावेदन गरी पार्टीमै रहने प्रतिवद्धता व्यक्त गरेकोले साविकको पदलाई निरन्तरता दिने गरी कारवाही फुकुवा भएको हाे।






राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

