Rashtriya Dainik

पिस भिलेज निर्माणको लागि दलित बस्ती अनुगमन

पर्सा २७ भदौ

पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश,पर्साको समन्वय तथा इन्टरनेसनल युथ सोसाइटी,काठमाडौंको सहजीकरण र वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन (डब्लुपिसीकेए),साउथ कोरियाको सहयोगमा पर्सा जिल्लाको सखुवप्रसौनी गाउँपालिकामा साउथ कोरियाको मोडल अनुसार पिस भिलेज ( गाउँ) निर्माणको लागि बस्ती,गाउँ,टोलको अनुगमन गरिएको छ।
साउथ कोरिया देशमा निर्माण भएको पिस गाउँ निर्माण जस्तै पर्सा जिल्लाको केही गाउँमा पिस भिलेज निर्माण गर्ने परियोजना रहेकोे छ। पिस भिलेज परियोजना अनुसार गाउँमा घर निर्माण, चर्पी निर्माण,भान्सा कोठा, बाटो निर्माण, नयाँ मोडल अनुसार गाउँ निर्माण तथा औद्योगिक निर्माण, पशुपालन गर्ने तथा धेरै कार्य गर्ने परियोजना गरिने छ। एक स्थानमा ७० देखी १०० घरधुरी सम्म घर निर्माण तथा परियोजनाको लाभान्वित रहेकोे छ
पिस भिलेज परियोजनाको लागि पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा-३ को कौवाबन गाउँ ,कटैया गाउँ र वडा -५, महुवन गरि अनुगमन तथा सर्भे ३ गाउँमा गरिएको छ। गाउँपालिका तथा वडा समिति संग छलफल , बैठक गरि स्थान गाउँ छनौट गरिने छ।
पिस भिलेज परियोजनाको लागि गाउँ अनुगमनमा वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन, कोरिया( डब्लुपिसीकेए) को अन्तर्राष्ट्रिय अध्यक्ष डाक्टर योसेप काङ्ग ज्युको प्रमुख अतिथिय्ता , इन्टरनेसनल युथ सोसाइटी,काठमाडौंको राष्ट्रिय समाजसेवी डाक्टर पिया रतन महर्जन ज्यु , टिमको सहयोगी राजु साह कलवार , पिसफोर फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष , फाउन्डेसनको सदस्य , दलित महिला सदस्य तथा स्थानीय जनसमुदायको उपस्थिति रहेकोे थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित