काठमाडौं । अब कुनैपनि निजी विद्यालय (बोर्डङ स्कुलले) आफुखुसी शिक्षक भर्ना गर्न, तलब तथा दरबन्दी निर्धारण गर्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले बुधबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयकमा यस्तो उल्लेख छ ।
विधेयक बुधबार संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको छ । प्रस्तावित विधेयकमा स्थानीय तहको पूर्वस्वीकृतिबिना निजी लगानीका विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति, पदपुर्ति, पारिश्रमिक तथा सेवा शर्तसम्बन्धी व्यवस्था स्थानीय तहबाट स्वीकृत गराई लागू गरेको विनियमावलीमा व्यवस्था गरिएको छ ।
यसले निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु समेत नियमनको दायरामा आई उनीहरुको सेवाको सुरक्षा हुन जाने विधेयकमा उल्लेख गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

