नवलपरासी – शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी) ले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखा प्रमुख पन्थीलाई बाहिर निस्कन आग्रह गर्दै ढोकामा संगठनका माग र चेतावनी पत्र टास्दै तालाबन्दी गरेको थियो । शैक्षिक सत्रको शुरुवातमा राखेको बिभिन्न जायज मागलाई बेवास्ता गर्दै आएकोले तालाबन्दीमा उत्रिनु परेको संयोजक सापकोटाले जानकारी दिनुभयो । शुक्रवार हामीले ३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण गराएर हाम्रा माग पुरा गर्न भनेका थियांै – उहाँले भन्नुभयो– तर हाम्रा जायज माग पुरा गर्न तर्फ ध्यान दिएको पाएनौ । अनि तालाबन्दीमा उत्रन बाध्य भयौं ।
संस्थागत बिद्यालयहरुले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा जनही ५ हजार भन्दा माथि शुल्क लिने गर्दा समेत नगरको शिक्षा शाखा मुकदर्शक भएर बसेकोले तालाबन्दी गरिएको उहाँले बताउनुभयो । महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै संगठनले शुक्रवार ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाएको पाँच दिन पछि संगठनले तालाबन्दी गरेको हो ।
सो क्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले नगरले शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको बताउनुभयो ।
सापकोटाले संस्थागत बिद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति बिद्यार्थी पाँच हजार रुपैया बढी असुलेको बताउदै त्यो कार्य नरोकिए थप संर्घषका कार्यक्रम समेत सार्वजनिक गर्ने उद्घोष गर्नुभयो । तालाबन्दीको क्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सदस्य सुवास शर्मा र छात्रा बिभाग प्रमुख बिमला गिरी, जिल्ला कार्यालय सदस्य तरुण श्रीस मगरलगायत सहभागी रहेको संगठनले जनाएको छ ।
हेनुस् मागहरु……….

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

