आरपि उपाध्याय / नवलपरासी ,२७ भदौ
विश्व हिन्दु परिषद नेपाल सुस्ता ५ पश्चिम नवलपरासीको आयोजनामा हिन्दु जागरण सम्बन्धि एक दिने भेला सुस्ता ५ कै अनुमा घाटमा सम्पन्न भएको छ।
विश्व हिन्दु परिषद नेपाल सुस्ता ५ का अध्यक्ष हरेन्द्र प्रसाद (हिटलर) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले आत्मसम्मान सहितको धर्मको रक्षा गर्ने व्यक्ति नै उदाहरणीय बन्न सक्ने विचार व्यक्त गर्दै प्रकृति ईश्वरको स्वरुप भएकोले प्रकृतिको रक्षा गर्नु नै हिन्दु धर्मावलम्बीहरुको कर्तव्य रहेको कुरा जिकिर गर्नुभयो।
वर्तमान समयमा गौ वन्शको रक्षाबाट नै सनातनिय धर्मप्रति सहि सम्मान रहने धारणा राख्दै प्रपन्नाचार्यले प्रलोभन र करकापमा पारेर गरिने धर्म परिवर्तन प्रती चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गैरकानुनी कार्य रोक्नु राज्यको जिम्मेवारी रहेको बताउनुभयो।
हिन्दु जागरण सम्बन्धि कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य राजन उपाध्याय, पश्चिम नवलपरासी जिल्ला सचिव अनिल अग्रहरी, चन्द्रभान र मन्केश कुमार लगायतले हिन्दु जागरण सम्बन्धि विचार व्यक्त गर्नुभएको थियो।

ॐ ध्वनि उच्चारणका साथ प्रारम्भ भएको कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरुलाई हनुमान चालिसा स्तोत्रको किताब वितरण गरिएको कार्यक्रम सञ्चालक देशबन्धुले जानकारी दिनुभएको छ।

कार्यक्रममा सुस्ता गाउँपालिकाका सबै वडाहरुबाट हिन्दु धर्मावलम्बीहरु,साधु, सन्त,महन्त लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

