Rashtriya Dainik

सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यालयहरूमा कार्यक्रमलाई निरन्तरता

आरपी उपध्याय / नवलपरासी

जिल्ला ट्राफिक कार्यालय पुर्वी नवलपरासीको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यालय केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिइएको छ।
जिल्ला ट्राफिक कार्यालयले “सामुदायिक प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला अन्तर्गतका ट्राफिक पोस्टभित्र रहेका सामुदायिक र निजी गरि ९ विद्यालयका छात्रछात्राहरुको उपस्थितिमा ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख अच्युत राज आचार्यले जानकारी दिनुभएको छ।
स्कुले विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना,सवारी दुर्घटना रोकथामका विविध उपायबारे प्रशिक्षण दिइएको थियो।
ट्राफिक सचेतनामुलक कार्यक्रम अन्तर्गत विनयी त्रिवेणी ४ सर्दी क्षेत्रको दिपेन्द्र मा.वि. मा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको जानकारीमा आएको छ।
सो अवसरमा विद्यालयका ४ सय विद्यार्थी र शिक्षकहरुको उपस्तिथि रहेको थियो।
उक्त कार्यक्रमलाई ट्राफिक निरीक्षक अचार्यले सहजीकरण गर्नुभएको जानकारी प्राप्त भएको छ।
जिल्ला ट्राफिक कार्यालय ब.स.पु. ले गैंडाकोट क्षेत्रमा पनि ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो। जसमा २ हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको बताइएको छ।
ट्राफिक सचेतनामुलक कार्यक्रम अन्तर्गत सवारी चालक र विद्यार्थीहरु गरि कुल ८५१ पोस्टर पम्पलेट पनि वितरण गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित