Rashtriya Dainik

सरावल र पाल्हिनन्दनका अटो चालकमाथि ब्यक्ति हाबि हुदा ब्यवसायि मारमा

राष्ट्रिय दैनिक / नवलपरासी , २६ भदौ

पश्चिम नवलपरासीको महेशपुर सिमानाकामा अटो चालकमाथि ब्यक्ति हाबि हुदा ब्यवसायि मारमा परेका छन ।

सरावल र पाल्हिनन्दनका अटो चलाउँदै आएका ब्यवसायिलाई महेशपुर नाकामा ४ /५ जना स्थानीय ब्यक्तिले नाकाबाट मान्छेलाई बसाल्ने र ल्याउने कार्यलाई राेक लगाएपछि ब्यवसायि मारमा परेका छन।

महेशपुरका ४/५ जना स्थानीय ब्यक्तिले अरु क्षेत्रका अटो चालकलाई आउन जान राेक लगाएकाे र काेहि जबर्जस्ती मान्छे बसालेर ल्याएको खण्डमा पिट्ने , लखेट्ने कार्य गरेकोले अन्य अटाे ब्यवसायी मारमा परेका छन ।

पाल्हि भगवती अटाे सेवा समिति सचिव सुबास कहारका अनुसार आफू पाल्हिनन्दन गाउँपालिका अन्तर्गतकाे ब्यक्ति भएता पनि महेशपुरमा ४/५ जनाकाे दादागिरी चलेकोले आफुहरु मारमा परेको बताउनुभयो ।

तिन दिनदेखि सिमा क्षेत्रमा जान नपाएर यसको निकास निकाल्नकाे सरावल गाउँपालिका र इलाका प्रहरी कार्यालय महेशपुरसंग सहयोग मागेको श्यामसुन्दर जैसवालले बताउनुभयो ।

दिनमा ८ सय देखि १००० / १५ सयसम्म कमाएर परिवार पाल्ने स्रोत अटाे बनेको र सरावलकाे लागि अटाे ब्यवसाय क्षेत्र महेशपुर भएकोले केही ब्यक्तिकाे ब्यक्तिगत दादागिरीले ३/४ दिनदेखि साे क्षेत्रमा जान नपाउदा कमाई हुन नसकेको जैसवालले गुनासो ब्यक्त गर्नुभयाे ।

सबैले सबै क्षेत्रमा प्रवेश गरी अटो सञ्चालन गर्न पाउनुपर्ने सुनिल खाँले पालिका र प्रहरीसंग गुहार मागेका छन।

‘दिनभर अटो चलाएर छाक टार्ने लाई एकदिन पनि अटो नचलाउदा समस्या हुने भएकाले २/४ जनाकाे दादागिरी तत्काल बन्द गरिओस अटो चालक खाँले भने।

विश्वनाथ चाैधरी भन्नुहुन्छ “नत सरकारले राेजगार सृजना गरेको छ नत राम्रोसँग ब्यवसाय सन्चालनकाे लागि वातावरण सृजना गरेको छ अब हामी के गर्ने …?

बिदेश जाउ भने आर्थिक अवस्था कमजोर छ , नेपालमा केही गरुभने चुनाैति धेरै छ ।

बडर क्षेत्रमा भएको दादागिरीलाई हटाउन माग गर्दै साेमबार सरावल गाउँपालिकामा अटाे ब्यवसायी पुगेका हुन ।

पाल्हिनन्दन र सरावल गाउँपालिकाका करिब ३० जना अटो चालकहरु पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीसंग समस्या समाधानका लागि छलफल बसेका हुन ।

पालिकाका अध्यक्ष चाैधरीले १०/१५ दिनभित्र कानुन निर्माण गरी अटो रिक्सालाई दर्ता गर्ने प्रकृया अघि बढाउने आश्वासन दिलाउनुभयाे । गैर कानुनी तवरले चलाईरहेका अटो रिक्साहरुलाई तत्काल नियन्त्रणमा लिने बताउदै सिमानाकामा चालकमाथि भएको गार्‍हो अप्ठ्यारोलाई समाधानका लागि पाल्हिनन्दन गाउँपालिका अध्यक्ष र जिल्लाका सम्बन्धित ब्यक्तिसंग तत्कालै पहल गर्ने अध्यक्ष चाैधरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित