Rashtriya Dainik

सरावल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिदै

उमेश बि.क / नवलपरासी , २५ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बिशाल मिश्रा आउने भएका छन ।

हालका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलको मन्त्रालयमा सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रा सरावल आउने भएका हुन् ।

यस गाउँपालिकामा २०७३ फागनु २९ गते गुन्जेश्वरी प्रसाद चाैधरी हाजिर भए भने २०७४ चैत १३ गते झवेश्वर रेग्मी हाजिर भएका थिए । त्यस्तै २०७४ माघ ४ गते बुद्ध प्रकाश पाैडेल हाजिर भए । अधिकृत पाैडेल २०७८ साल माघ २८ गते सरुवा भए । उनी जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा उत्कृष्ट काम गरेर सबैकाे लाेकप्रिए बनेका थिए ।

त्यस्तै २०७८ साल माघ २८ गते कृष्णप्रसाद ज्ञवाली हाजिर भएका थिए । अधिकृत ज्ञवाली २०७९ साउन १८ गते छाेटाे समयमै परिवर्तन भए ।
त्यस्तै २०७९ साल भाद्र १८ गते दुर्गा पाैडेल हाजिर भए । पाैडेलकाे १ बर्ष बसाइँमा जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा काम गरेका हुन । अधिकृत पाैडेल जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण सृजना गर्दै बिकासका कामलाई अगाडि बढाका थिए ।

हाल नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा बिशाल मिश्रा आउने लागेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिइएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित