नवलपरासी – क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ ।
सोमवार बर्दघाट–२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा,सन्तोष मुसहर, अजय पत्थरकट्टा, देबेन्द्र बस्नेत, उज्जवल भण्डारी, मदन पोखरेल, अशोक यादव, समसुल मियाँ , निश्चल गिरी, आकाश गौतम, बिमला गिरीलगायतलाई सदस्यमा निर्वाचित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी युवा संगठन नेपाल केन्द्रीय कार्यालय सदस्य झलक विश्वकर्मा,बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापाले प्रशिक्षात्मक मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भेलामा अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नवीन खड्का , अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण थारुलगायतल शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय, सहसंयोजक गणेश ढकाल, क्रान्तिकारी युवा संगठन नेपालका प्रदेश संयोजक संगीन भ्यु थापालगायतको आतिथ्यता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

