आरपी उपध्याय /नवलपरासी २५ भदौ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ अन्तर्गत भित्री सडक खण्डमा कार र मोटरसाइकल ठोकिदा एक व्यक्ति सख्त घाइते भएका छन।
सुस्ता गाउँपालिका ३ कल्याण टोला स्थित भित्री सडक खण्डमा यु.पि.६० ऐयफ १२९५ नम्बरको कार र विपरित दिशाबाट आउदै गरेको लु.३प.६९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक सुस्ता २ गुदरिया बस्ने वर्ष ३० को रितेस बनिया सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रताप यादवले जानकारी दिनुभएको छ।
सख्त घाइते भएका बनियाको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेको अवस्थामा उपचारको लागि सामुदायिक अस्पताल चौपत्ता पठाइएको र थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले बताएको छ।
कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भए लगत्तै प्रहरी चौकी कुडियाका प्र.स.नी. ठाकुर श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले कार र मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।
कार चालक पश्चिम नवलपरासी सुस्ता ३ श्रीनगर बस्ने २९ वर्षिय दुर्गेस यादव रहेको र यादवले नै घाइते बनियालाई उपचारको लागि चौपत्ता र बुटवल लगेको प्रहरीले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

