आरपी उपध्याय /नवलपरासी २५ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका १ अन्तर्गत प्रहरीले पिकअप गाडीमा लोड गरि ल्याएको जिउदो र मरेको सहित ९ गाई र २ तस्करलाई नियन्त्रणमा लिइएको छ ।
पुर्व पश्चिम राजमार्गको दुम्किबास अरुणखोला सडक खण्डको सर्दी जाने बाटोको होङ्सी सिमेन्ट कारखाना गेट उत्तर दक्षिण तर्फ जङलमा लुकाई राखेको गाडी चेकजाच गर्दा ९ मध्ये ७ गाई मरेको र २ ओटा गाई गम्भीर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभएको छ ।
होङ्सी सिमेन्ट गेट नजिक उत्तर बाट दक्षिण तर्फ आउदै गरेको बा.प्र.०१ -०३ – ००१ च १३८६ नम्बरको पिकअप गाडिमा लोडगरि ल्याउदै गरेको अवस्थामा गाई नियन्त्रणमा लिएको प्रहरी ले बताएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदमराज थापाको कमान्डमा गएको प्रहरी टोलिले पिकअप गाडिका चालकलाई नियन्त्रणमा लिएर मरेको र जिउदो अवस्थामा रहेका गाईको मुचुल्का उठाई थप कारवाही प्रक्रिया अगाडि बढाईएको बताइएको छ ।
गाडी चालक रौतहट गजुरा नगरपालिका ७ बस्ने बर्ष ४० का श्याम लाल चौधरीलाई र गाई ओसारपोसार कार्यमा संलग्न रहेको शंका लागि नवलपुर मध्यबिन्दु नगरपालिका ८ बस्ने बर्ष ४० का ध्रुब कार्कीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको पिकअप गाडी सङ्रोला डेभलपमेन्ट लि. नारायणी भइ ऋणि भरतपुर चितवन बस्ने केशब महतो रहेको बताइएको छ ।
गाई ओसारपोसार गर्ने समुहले पाल्पा लिम्दी गाउपालिकाको विभिन्न गाउटोलबाट गाई ल्याएको जानकारीमा आएको छ । पिकअप गाडी चालकले आफ्नो नाम परिवर्तन गरि झुठो विवरण प्रहरीलाई दिएको पनि बुझिएको छ ।
हिन्दुहरुको आस्थाको प्रतीक गौ मातालाई कुनियत गरि ओसारपोसार गर्ने गिरोहलाई हदैसम्मको कारबाही माग पनि गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

