Rashtriya Dainik

जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर

सिन्धुपाल्चोक , २५ भदौ

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका १ जनाले भने सफाइ पाएका छन्।

उनीहरुविरुद्ध जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटर बाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश शालिग्राम कोइरालाको आइतबार फैसला सुनाएको हो।

nimb
अख्तियारले प्रमुख प्रशासकिय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध २०७९ असार २ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले प्रमुख प्रशासकिय अधिकृत अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरेलाई दोषी ठहर गर्दै समग्रमा २५ लाख बिगो र जनही १० हजार जरिवाना भराउने फैसला सुनाएको छ। त्यस्तै उनीहरुलाई ३ महिना कैद गर्ने फैसला विशेषले सुनाएको छ। विशेषले उनीहरुबाट जनही ८ लाख ३९ हजार रुपैया असुल गर्नुपर्ने देखिएको ठहर गरेको छ।

अदालतले बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई पनि दोषी ठहर गरेको छ। उनीहरुलाई जनही ३ लाख ८ विगो र सोही बराबर जरिवाना गर्ने फैसला विशेषले सुनाएको छ। उनीहरलाई कैद भने तोकिएको छैन। विशेषले लेखापाल सतेन्द्र यादवलाई भने सफाई दिएको छ।

उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले गरेको छानबिनबाट बलेफी तेम्बाथान सडक निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा गराइएको‚ डोर हाजिर तथा माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको पाइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित