संजय कुशवाहा / भदौ २४ नवलपरासी
पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा स्रोत नखुलेको २० लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरावल गाउँपालिका वडा न.७ भुजहवा स्थित झरही खोलाको पुलको बिच भागमा नम्बर प्लेट नराखिएको शंकस्पद मोटरसाइकलमा सवार आएका व्यक्तिहरूलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट कम्मर पेटीमा राखेको अवस्थामा उक्त रकम फेला परेको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका वडा न.२ बस्ने वर्ष २४ को रामपत गुप्ता र सोही ठाउँ बस्ने वर्ष ३८ को गफ्फार राईन कुजडा रहेका छन् । १ हजार १ सय ९० थान एक हजारका र १ हजार ६ सय २० थान ५ सयको नोट रहेको छ ।
स्रोतखुलाउन नसकेपछि पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

