Rashtriya Dainik

सरकार मिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध : मुख्यमन्त्री चौधरी

स्वर्गद्वारी (प्युठान) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार मिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाको आज प्युठानको स्वर्गद्वारीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रबर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताउनुभयो । सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उहाँले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभयो । मिडियाले स्थानीय उत्पादन प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लोकल उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई पेशागत मर्यादा कायम राख्न आग्रह गर्नुभयो । लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीर गम्भीर रहेको बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताउनुभयो ।


कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलिप पौडेल, केन्द्रीय सदस्य विमल ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, नेपाल प्रेस युनियन पाल्पा अध्यक्ष मन गहिरेले मन्तव्य ब्यक्त गर्नुभएको थियो । प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको भेला उद्घाटन कार्यक्रममा उपाध्यक्ष पहलमान घर्तीले स्वागत मन्तव्य तथा महासचिव नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित