आरपि उपाध्याय / नवलपरासी , २३
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीको आयोजनामा जिल्ला प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित मन्दिरमा कालिका भगवतीको मुर्तिमा प्राण,प्रतिष्ठा एवं मन्दिर समुद्घाटन कार्यक्रम कावासोतिमा सम्पन्न भएको छ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले प्रहरी कार्यालय परिसरमा स्थापना भएको कालिका भगवतीको मुर्तिले सेवा प्रदायक र सेवाग्राहीहरुमा धर्मप्रति आस्था,कर्तव्यप्रती जिम्मेवारी बढ्ने धारणा राख्दै मुर्ती स्थापनाबाट सर्वसाधारणमा धार्मिक चेतना बढ्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले प्रहरी कार्यालयको परिसरमा निर्माण भएको मन्दिरले सामाजिक र धार्मिक कार्यप्रती रुचि बढ्ने,दान र सहयोगबाट पनि साना ठुला सबै खाले कार्य गर्न सकिने धारणा राख्नुभयो।
कालिका भवगती मन्दिरको स्थापनाको लागि विभिन्न संघसंस्थाबाट ५ लाख ५८ हजार ५ सय ५५ रकम उठेको र सोही रकमबाट निर्माण कार्य सम्पन्न भएको तथा बाकी अन्य रकमहरु उठ्ने क्रम जारी रहेकोले सो रकमबाट पनि थप संरचना निर्माण गरिने कार्यक्रम सञ्चालक समेत रहनुभएका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभएको छ।
२०७९ आश्विन महिनामा सरुवा भइ आउनुभएका प्रहरी उपरीक्षक तिवारीलाई शुक्रबार नै एक विशेष कार्यक्रमका बिच फेरि भेटौला भन्ने कार्यक्रमका साथ बिदाइ गरिएको थियो।
सो अवसरमा पुर्वी नवलपरासी अन्तर्गतका विभिन्न सुरक्षा युनिटका इन्चार्जहरु लगायतको उपस्थिति रहेको थियो।

प्रहरी उपरीक्षक तिवारीको बिदाइ कार्यक्रम लगत्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट नवलपुर प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक नरहरि रेग्मीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

