राष्ट्रिय दैनिक / नवलपरासी , २० भदौ
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय महेशपुरको आयोजनामा आज श्रीकृष्ण जन्माष्टमी पर्व विशेष कार्यक्रम सम्पन्न भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा एक कार्यक्रम बिच श्रीकृष्णकाे जन्म , वहाँकाे महिमाकाे नाटक मन्चन सहित श्रीकृष्ण जन्माष्टमी महाेत्सव मनाइएको छ।

ब्रह्मकुमारी ईश्वरिय विश्व बिद्यालय नवलपरासीकी अध्यक्ष ममता दिदिको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलकाे प्रमुख आतिथ्यतामा भएको उक्त श्रीकृष्ण कृष्णाष्टमी महाेत्सवलाई सम्बाेधन गर्दै कण्डेलले श्रीकृष्णको चर्चा गर्दै सकारात्मक सोचले समाजको सुदृढीकरण हुन्छ भन्दै श्रीकृष्णको बारेमा वर्णन गर्दै शुभकामना व्यक्त गरेका गर्नुभएको थियो ।

कार्यक्रममा काङ्ग्रेस नेता गजानन्द पटेल , राजेन्द्र सहानी ,सिमा दिदी ,डिलु दिदी लगाएतले ऊँ शान्ति मख्खन चोर होईन बरु सबैबाट असल गुणहरुलाई चोरेर गुणवान बन्नुहोला, सबैको विशेषतालाई हेरेर विशेष आत्मा बन्नु, निकट भविष्यमा आउनुहुने महान आत्मा श्रीकृष्ण समान बनेर उहाँको राजधानीमा जान तयार रहनुहोला भन्ने सन्देशका साथ श्रीकृष्णकाे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा सानो श्रीकृष्ण झाँकि प्रस्तुत गरिएको थियो भने राधा र गोपिनीको रूपमा सजिएका बैनीहरुद्वारा श्रीकृष्ण र राधाको बोल भएको गीतमा सुन्दर नृत्य प्रदर्शन गरेका थिए ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

