Rashtriya Dainik

श्रद्धाञ्जली समारोह त्रिवेणीमा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी , २० भदौ

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका वडा न.६ वडा कार्य समितिले विहीबार एक श्रद्धाञ्जली समारोह त्रिवेणीमा सम्पन्न गरेको छ।

वडा कार्य समितिका सह सचिव शिव प्रसाद मुडभरीको ममतामयी आमा सावित्रा मुडभरीको ९५ वर्षको उमेरमा आफ्नै निवास त्रिवेणीमा निधन भएको सातौं पुण्यतिथीका दिन एक कार्यक्रमका बिच श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ वडा कार्य समितिका सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो।

श्रद्धाञ्जली समारोहमा नेपाली काङ्ग्रेसका बयोवृद्द नेता बुद्धिसागर उपाध्याय,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले स्वर्गीय मुडभरीको बहुआयामिक जिवनीमाथी प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक प्रकाश कुवरले जानकारी दिनुभएको छ।
पाल्पा माणी पोखरामा जन्मिनुभएकी स्वर्गीय सावित्रा मुडभरी २०५२ सालदेखि त्रिवेणी धामलाई कर्मथलो बनाइ बसोबास गर्दै आउनुभएको पारिवारिक स्रोतले बताएको छ।
स्वर्गीय मुडभरीको छोरा ३,बुहारी ३,नाति ४ र नातिनी ५ रहेको बताइएको छ।

कार्यक्रममा वडा कार्य समितिका पदाधिकारी कृयाशिल सदस्य भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि र परिवारजनको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित