उमेश बि.क / नवलपरासी , २० भदौ
नेपाली कांग्रेसको भातृ संगठन मुस्लिम संघ नेपालको दोस्रो जिल्ला अधिवेशनले अख्तर हुसेन खाँको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
यही भदौ १९ गते पश्चिम नवलपरासीको परासीमा अवस्थित बि.पि स्मृति भवनमा सम्पन्न अधिवेशनले उपसभापतिमा बहुबुल्ला धुनिया , सचिवमा रियाज अलि अन्सारी ,सहसचिवमा असरफ खान ,काेषाध्यक्षमा निजामुदिन देवान ,सहकाेषाध्यक्षमा फातुमा खातुन अन्सारी चयन हुनुभएको हाे । त्यस्तै सदस्यमा जलालु अन्सारी , सरिफ अन्सारी , किनबुल्ला चुरिहार , उस्मानगनी माेमिन, जमानुदिन मुसलमान,मुसाहिब अलि ,समसुल हाेदा, अनवर अली, इलियास अन्सारी, रियाज अन्सारी सर्वसहमत चयन हुनुभएको हाे ।

त्यस्तै क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र नम्बर १ मा सफिउल्ला अन्सारी अख्तरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हाे।
जसकाे उपसभापतिमा सद्दिक कुजडा , उपसभापति रज्जब अलि , सचिवमा अब्बदुल हकिम चुहिहार ,सहसचिव मैमुदिन अलि , काेषाध्यक्षमा असगर अलि , सहकाेषाध्यक्षमा जाहिर खाँ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा अजिज अन्सारी , नाथु मिया , माेकारक अलि , समसुल हाेदा , साबिद अलि , अलि हसन , अजाज अन्सारी , समशेर अलि , खुसिदे आलम खाँ , मन्जुर अलि गुज्जर , अति उल्लाह देवान , रियाज अलि अन्सारी , असलम मिया र अमिन मिया चयन हुनुभएको छ।
त्यस्तै क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ मा इमामुल अलिको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हाे।
जसकाे उपसभापतिमा बाजिद अलि , उपसभापति क्यामुदिन अन्सारी , सचिवमा सदरे आलम ,सहसचिव इमरान अलि , काेषाध्यक्षमा बारपस अलि धुनिया , सहकाेषाध्यक्षमा युनिस पठान चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा हदिस दर्जि , महमुद आलम ,साेयब अख्तर , माेबारक मियाँ , बहाब अन्सारी , सराेजुद्दिन अन्सारी , बेबी देवान , सब्बिर अन्सारी ,ल्याकत अन्सारी , मक्बुद दर्जि, यार माेहम्मद देवान , माेहम्मद रफिक अन्सारी , आलम धुनिया , इतराज खाँ र तैयब मिया सर्वसम्मत रुपमा चयन हुनुभएको हाे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले कांग्रेस सबैको साझा पार्टी भएको बताउनुभयो । वहाँले सबैलाई समेट्ने पार्टी कांग्रेस भएको दावी गर्नुभयाे । अब विभिन्न प्रलोभनमा नपरी हामी सबै आफ्नाे कमि कम्जोरी सच्याई एक ढिक्का भएर लाग्न अनुरोध गर्दै मुस्लिमहरुको हक अधिकारको लागि सदैव अग्रसर रहेको बताउदै चयन हुनुभएको सबैलाई बधाई सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको हाे।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य एवं काङ्ग्रेस नेता देवकरण कलवार (सन्तु) ले सबै मुस्लिम संगठित भई नेपाली काङ्ग्रेसको नेतृत्व पंक्तिमा आएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश मुस्लिम संघ अध्यक्ष जाकिर हुसेनले सबै मुस्लिम एक भई अघि बढ्नु पर्ने बताउनुभयो । हामीबीच एकता आवश्यक छ, ’ वहाँले भन्नुभयाे , ‘एकता नै बल हो।’

कार्यक्रममा काङ्ग्रेस बरिस्ठ जिल्ला सदस्य माेहन शर्मा , क्षेत्र नम्बर २ क्षेत्रीय सभापति माधव पाण्डेय,महासमिति सदस्य शिवशंकर राय , काङ्ग्रेस रामग्राम सभापति श्रीधर बस्याल , नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य सद्दाम हुसेन अन्सारी ,प्रेस युनियन पुर्व सभापति पुरुषाेत्तम सुवेदी , क्षेत्रीय सभापति क्षेत्र नम्बर २ ख चन्दु सहानी , पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी लगाएतले काङ्ग्रेसमा मुस्लिम समुदायको याेगदानकाे चर्ता गर्दैन नवनिर्वाचित समितिलाई बधाई सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

