Rashtriya Dainik

नवलपरासीको सुनवलमा ७१ फिटको कृष्ण भगवानको मुर्ति , भक्तजनको घुँइचो

राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा कृष्ण मुर्ति अवस्थित रहेको छ ।

करिब एक करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको उक्त मुर्तिले सुनवल नगरको गौरव बढेको र यसलाई धार्मिक मात्र होईन पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ।


यो विशाल मुर्ती राजमार्गसँगै जोडिएर निर्माण गरिएको छ । मुर्ति निर्माणका लागि वि.सं. २०७१ मंसिर २३ देखि पौष ३ गतेसम्म श्रीमदभागवत् महायज्ञ संचालन गरिएको थियो ।

सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा कृष्ण मुर्ति भएको स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि घुम्ने र पुजापाठ गर्ने भक्तजनको घुँइचो लागेको हो ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।

हरेक वर्ष जन्माष्टमीमा यश स्थानमन भक्तजनको घुइँचो लाग्ने गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित