Rashtriya Dainik

हिन्दु जागरण अभियान कार्यक्रम सुस्ता ५ को ठाडिघाटमा सम्पन्न।

आरपि उपाध्याय / नवलपरासी , १९ भदौ

विश्व हिन्दु परिषद नेपाल सुस्ता गाउपालिका पश्चिम नवलपरासीको आयोजनामा हिन्दु जागरण अभियान कार्यक्रम सुस्ता ५ को ठाडिघाटमा मंगलबार सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद नेपाल सुस्ता ५ का अध्यक्ष हरेन्द्र कुमार (हिटलर) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका ठाडिघाट शिवालय मन्दिरका महन्थ मौनीबाबाले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरु एक भएर आफ्नो पहिचानको रक्षाका लागी अगाडी बढ्नुपर्ने बताउदै सस्कृती र संस्कारलाई बचाउन आफुहरु जुनसुकै मुल्य चुकाउन पछि नपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विश्व हिन्दु स्वयं संघ नेपालका विभागिय सञ्चालक श्रवण कुमार कोइरीले मुलुकमा अमन चयन कायम राख्न सविंधान सम्मत ढंगले आफ्नो क्रियाकलाप गर्नुपर्ने बताउदै गैर सवैधानिक क्रियाकलाप गर्ने प्रवृतीले समाजिक सद्भाव कहिल्यै कायम नहुने जिकिर गर्नुभयो ।
कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका अगुवा विरेन्द्र कुमार सिँह, विनोद बनिया, चन्द्रभान कुश्वाहा, पार्वती देवी, मुकेश चौधरी लगायतका वक्ताहरुले हिन्दुत्व, जिवन शैलीको कला भएकोले अनुशासित ढंगबाट उक्त कलालाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए ।


सो अवसरमा प्रतापपुुर, सुस्ता, सरावल, विनयी त्रिबेणी गाउपालिका लगायतबाट सयौँको सङ्ख्यामा हिन्दु भक्तजनहरुको उपस्थिती रहेको कार्यक्रम सञ्चालन हरिशंकर तिवारीले जानकारी दिनुभयो।
भेलाले साप्ताहिक रुपमा प्रत्येक मंगलबार आफुहरुलाई पायक पर्ने मठ मन्दिरहरुमा धार्मिक भेलाको आयोजना गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित