राष्ट्रिय दैनिक , १९ भाद्र
नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजालमा राखेका छन्।
उनले कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको बताएका छन्। सोमपालले कोहलीसँगको तस्बिर राख्दै लेखेका छन्, ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’

एसिया कप क्रिकेटको सोमबारको खेलमा नेपाल र भारतको आमना सामना भएको थियो। जसमा नेपाल १० विकेटले पराजित भयो। सोमपाल अर्धसतक बनाउन २ रनले चुकेका थिए। उनले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए। भने नेपालका लागि सबै भन्दा वढि आसिफ शेखले ९७ बलमा ८ चौकासंगै ५८ रन बनाए। नेपालले भारत सामु २३१ रनको लक्ष्य दिएको थियो। नेपालले खेल हारेपनि समग्रमा खेलप्रेमीको मन भने जितेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

