लुम्बिनी ,१९ भदौ
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्दैछ । भदौ २२ र २३ गते लुम्बिनी प्रदेशको पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला आयोजना गर्न लागिएको हो । भेलामा लुम्बिनीका १२ जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने महासचिव नवीन गिरीले बताए ।
भेला तयारीका लागि मूल समिति बनाइएको छ । उपाध्यक्ष पहलमान घर्तीको संयोजकत्वमा प्रदेश भेला तयारी मूल समिति गठन गरेर तयारी अगाडि बढाइएको छ । सहसंयोजकमा प्यूठान शाखा अध्यक्ष मधुसुदन भण्डारी छन् । यस्तै सचिव शमशेर विक्रम जिसीको संयोजकत्वमा अतिथि सत्कार, भोजन तथा आवास व्यवस्थापन तयारी समिति, सचिव सूर्य भुषालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र कोषाध्यक्ष सीपी खनालको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको महासचिव गिरीले बताए ।
भेलामा नेपाल प्रेस युनियनको संगठन सुदृढीकरण अभियान, पत्रकार प्रशिक्षण बर्ष २०८० कार्यान्वयन, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान लगायतका विषयमा छलफल हुनेछ । भदौ १३ गते लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रिय सचिवालय बैठकको निर्णय बमोजिम प्रदेश भेला गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

