बिनोद निगम /नवलपरासी /१८ भदौ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले नेपाल र भारत बीचको हुने एसिया कप क्रिकेट प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।
महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयले एक सुचना जारि गर्दै एसिया कप क्रिकेट खेल अन्तर्गत आज ( सोमबार)१८ गते दिउँसो ३ बजेबाट हुने नेपाल भारतको एतिहासिक खेल हेर्न बिदा दिइएको छ । क्रिकेट खेल र खेलाडीको समान गर्दै विद्यार्थी तथा शिक्षकका लागि दिउसो २ बजे देखि विदा दिएको सुचना जारी गरेको छ ।
भारत जस्तो शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै विधालयले नेपालले भारतसँग एशिया कपको खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २ बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गरिएको विधालयले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

