Rashtriya Dainik

एमाले लुम्बिनी प्रदेशको नेतृत्वमा सर्वसम्मति हुन सकेन, अध्यक्षमा दुईजना उम्मेदवार

राष्ट्रिय दैनिक / रुपन्देही , १८ भदौ

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य छन् । यसैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो हुने देखिएको छ । तर सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । उम्मेदवार मनोनयनको समय आज बिहान १० बजेसम्मका लागि सारिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित