राष्ट्रिय दैनिक /नवलपरासी , १८ भदौ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ बाट अवैध चिनीसहितको गाडी नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ ७ः२० बजे नवलपरासीको सरावल गाउँपालिका ३ भिमटाँडी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध चिनीसहितको गाडी नियन्त्रणमा लिएको हो ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ०३०४ नं. को पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा अन्दाजी डेढ लाख मूल्य बराबरको चिनी ५० केजीको (५० बोरा) फेला परेकोले उक्त अवैध सामान बोक्ने अन्दाजी १० लाख मूल्य बराबरको पिकअप समेत गरी ११ लाख ५० हजारको सामग्री नियन्त्रणमा लिएको हो ।
प्रहरीले पिकअप र पिकअप चालक जिल्ला नवलपरासी रामग्राम नगरपालिका–७ देउरवा बस्ने बर्ष ३० को सन्तोष कुमार तेलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाएको छ । उक्त चिनी कसको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

