नेपालकाे संस्कृति विश्वभर फैलाउन ‘समाःया सँया झा’ म्यूजिक भिडियो

काठमाडाैं । नेपाल भाषा नजानेकी जापानी नागरिक कारेन शाक्य (बाबु नेपाली र आमा जापानीकी छोरी) ले श्वर दिएको तथा अभिनय गरेको ‘समाःया सँया झा’ नेपालभाषाको म्यूजिक भिडियो यूटियूब मार्फत सार्वजनिक भएको छ ।

बिगत २४ बर्षदेखि जापानमा बसोबास गर्दै आइरहनु भएको समाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्य र चिए शाक्यकी पुत्रीद्वय कारेन यसपालिको ९ दिने गर्मी बिदामा नेपाल आएर बनाएको यो पहिलो म्यूजिक भिडियो हो ।

बिदेशमा बस्ने नेपालीहरूले म्यूजिक भिडियो बनाउने कोशिश गरेको खण्डमा हाम्रो बाल बालिकाहरुलाई हाम्रो भाषा ,कला संस्कृति र नेपाललाई चिनाउन ठुलो भूमिका खेल्न सक्दछ भने नेपालमा जीर्ण अवस्थामा रहेको संगीत क्षेत्रलाई केही मात्रामा भए पनि आर्थिक राहत पुग्ननुका साथै मातृभाषा जागरण ल्याउन म्यूजिक भिडियो निमार्ण गरेको सामाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्यले जानकारी दिए ।

यस म्यूजिक भिडियोमा मल्लकालिन कला झल्कने कीर्तिपुरको ससः त्वाः रेष्टुरेन्ट, नेपालको मौलिकता झल्कने उपत्यकाका दृश्यहरुका साथै उपत्यका नजिकको चित्लाङ भिलेजको दृश्य रहेको छ । चर्चित साहित्यकार प्रा. सुवर्ण शाक्यले ६६ बर्ष पहिला लेखिएको यस म्यूजिकको रिकोर्डिंग र गीतको डिजाईन तथा परिकल्पनाकार वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यले गर्नु भएको छ ।

नेपाल भाषा तथा नेपालभाषाका चर्चित गायिका निशा देशारले भोकल ट्रेनिंग दिनु भएको थियो भने ज्योति म्यूजिक ग्रुप तथा डाइरेक्टर बिस्वास बज्राचार्यको टीमले भिडियो छायाँकन गर्नु भएको थियो ।

यस म्यूजिक भिडियो नेपालमा पर्यटकहरुलाई पनि बिशेष आकर्षक होस् भन्ने हेतुले नेपाली संस्कृति झल्कने एैतिहासिक नगरी कीर्तिपुर क्षेत्रको ससः त्वाः , उपत्यकाको विश्व सम्पदा सुचीकृत क्षेत्रहरु देखाउनुका साथै होम स्टेको लागि प्रख्यात चित्लांगको गाउँ , हाईकिंग , क्याम्पिंग , कुलेखानी दाम र जिप लाइनबाट देखिने रमणीय चित्लांग भिलेजको म्यूजिक भिडियोमा छायाँकन गरिएको छ ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot