उमेश बि.क / नवलपरासी , १७ भदौ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाकाे नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईलाई आइतबार स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेलाई सम्मान सहित विदाई गरिएको छ।

नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईलाई पालिका अध्यक्ष उमेशचन्द्र यादव र उपाध्यक्ष मान कुमारी चाैधरीले खादा ,अविर र फूलसहित स्वागत गरे भने सरुवा भई रुपन्देहीको मर्चवारी गाउँपालिका जान लागेका घिमिरेलाई मायाको चीनोसहित विदाई गरेका थिए ।

सो कार्यक्रममा घिमिरेलाई प्रशंसा पत्र पनि प्रदान गरियो । वडा अध्यक्ष र पालिकाका कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा उपाध्यक्ष चाैधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

पालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत घिमिरेको काम गर्ने शैलीको प्रशंसा गर्दै थुप्रै जटील काम सजिलै फत्ते गरेको उदाहरण सुनाउनुभयो । पालिकामा विकास तिव्र गतीमा बढीरहेको भन्दै अध्यक्ष यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिले सहज बातावरण बनाउने विश्वास व्यक्त गरे ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे ।

भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सरकारको म्याण्डेट अनुसार पालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

